TodayPati

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा मतदान सम्पन्न, ३६६ जनाले गरे मतदान

टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।

राष्ट्रियसभा अन्तर्गत मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।

यस प्रदेशमा ९८ प्रतिशत भन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कुल मतदाता ३ सय ७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले टुडेपाटीलाई बताए ।

Sponsored

बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा निर्धारित समयमा ६ जनाले मतदान नगरेको प्याकुरेलले बताए । मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन् ।

निर्धारित समयमा ६ जना नआएकाले अब तिनिहरुले मत खसाउन नपाउने प्याकुरेलले बताए ।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् ।

Sponsored

अब साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *