बारामा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
टुडेपाटी-
बारा, चैत २५ गते ।
बाराको निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोरस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई प्रहरीले पक्राउ परेका छन् ।
सोमबार बिहान बा ३ क ७०७ नम्बरको टिपरका चालक सल्यान बागचौर नगरपालिका-४ सिवर टोल बस्ने २० बर्षीय नरेश बिक र बा ४ ख १४९ नम्बरको मिनिट्रकका चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-६ शिरोडाँडा टोल बस्ने ३० वर्षीय नवराज ब्लोनलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
काठमाडौं दक्षिणकालीबाट यात्रु बोकी जाँदै गरेका उक्त सवारी साधनहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
साथै उक्त दुवै सवारी साधनका ५० जना यात्रुहरुलाई चिकित्सकद्वारा आवश्यक स्वस्थ्य परीक्षण गराई आ-आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव सहित पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
Sponsored