TodayPati

त्रिविलाई नतिजा समयमा निकाल्न शिक्षामन्त्रीको निर्देशन

टुडेपाटी–
काठमाडौं, माघ ११ गते ।

त्रिभुवन विश्वविद्यालयलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न निर्देशन दिएका छन् ।

आज परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनुगमन गर्न पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।

Sponsored

त्रिविले परीक्षाको रिजल्ट सार्वजनिक नगर्दा विद्यार्थीहरुले गुनासो गरिरहेको समय शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा मन्त्री पौडेलले कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो रहेको भन्दै उनले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।’

सामान्यतया परीक्षा भएको ३ महिना पश्चात परिणाम आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए ।

Sponsored

मन्त्री पौडेलले जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनुपर्ने तर्क दिए । उनले देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *