TodayPati

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवके बचाउ गर्दै जनकपुरमा महिला संघको प्रदर्शन

टुडेपाटी
जनकपुरधाम, माघ १० गते ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बचाउमा प्रदर्शन गरेको छ ।

माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवमाथि गौरमा दुर्व्यवहार गरेको भन्दै महिला संघले प्रदर्शन गरेको हो ।

Sponsored

माघ ५ गते रौतहटको गौरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाकी नेतृ समेत रहेकी मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या हुने र पुनः गौर नरसंहार हुने धम्कीसहितको हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ । उनलाई मन्त्री पदबाट राजीनामा दिन दबाब बढिरहेको बेला उनको बचाउमा जसपा उत्रेको छ ।

गौर पुगेको मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरूले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ ।

संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यवहार रोक्न समेत माग गरे छ । संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ।

Sponsored

मन्त्री यादवले पनि सोमबार एक विज्ञप्ती निकालेर आफु बोल्दै नबोलेको कुरालाई मिडियाले भ्रम फिजाएको आरोप लगाएकी छन् । जवकी उनले हिंसात्मक भाषण गरेको सो भिडियो समाजिक संजालमा भाइरल भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *