TodayPati

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादव राजिनामा नदिने, पद जोगाउन बोली फेरिन्

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

रौतहटको गौर नरसंहार दोहर्याउने र जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने हिंसात्मक अभिव्यक्ति दिने  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बोली फेरेकी छन् ।

चौतर्फी आलोचना र राजिनामा दिनुपर्ने दबाब बढीरहेको बेला उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले कसैलाई लक्षित गरेर हिंसा मच्चाउँछु नभनेको स्पष्टीकरण दिएकी छन्  । 

Sponsored

आफूले कसैलाई लक्षित गरेर हिंसा मच्चाउने, फेरि अर्को गौर हत्याकाण्ड गराउने भनेर नबोलेको कुरालाई लिएर भ्रम पर्न गएको भन्दै यादले दु:ख जनाएकी छन्। 

मन्त्री यादवले सोमबार प्रेस विज्ञप्ति निकालेर आफ्नो उक्त भनाइलाई सामान्य मानिदिन पनि अपिल गरेकी छन्। उनले गल्ती स्वीकारेर पद छोड्नुको साटो बचाउमा वक्तव्य निकालेकी छन्।

हिंसात्मक गतिविधिलाई बढावा दिने गरी बोलेकी यादवलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढिरहेका बेला उनी आफैं ढाकछोपमा उत्रिएकी हुन् । 

Sponsored

बलिदान दिवसका अवसरमा जनता समाजवादीको भ्रातृ संगठनले गौरमा गरेको श्रद्धाञ्जली सभामा सम्बोधनका क्रममा उनले कसैलाई लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति नदिएको जिकिर गरेकी छन्। 

‘त्यस (गौरको) सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुरासयपूर्ण मानसिकताबाट आएको थिएन’, यादवले भनेकी छन्, ‘मैले आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन दिएको अभिव्यक्तिलाई पूर्वाग्रह रुपमा आ-आफ्नो तरिकाले अपव्याख्या गरियो। यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

जवकी मन्त्री यादवले स्वयं सार्वजनिक मन्चबाट दिएको गौर नरसंहार दोहर्याउने र सिके राउतको हत्या गर्ने सम्मको धम्कीको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *