TodayPati

मधेश प्रदेशमा सवारी दुर्घटनामा प्रत्येक दिन एकभन्दा बढी व्यक्तिले गुमाउँछन् ज्यान

टुडेपाटी–
जनकपुरधाम, माघ १० गते ।

मधेश प्रदेशमा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकभन्दा बढी व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

मधेश प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परेर प्रदेशमा २ सय ९२ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

Sponsored

चालु आवमा साउन देखि पुससम्ममा प्रदेशको विभिन्न जिल्लामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटनामा परेको छ ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीका अनुसार यस ६ महिनाको अवधिमा २ सय ९२ जनाले ज्यान गुमाएकोमा २ सय ५२ जना पुरुष र ४७ जना महिला रहेकी छन् ।

त्यस्तै दुर्घटनामा परेर ४ हजार २ सय ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ८ सय ८० महिला रहेकी छिन् ।

Sponsored

प्रहरीले यस ६ महिनाको अवधिमा १ लाख ३६ हजार ४ वटा गाडीहरुलाई कारवाही गर्दा ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको तथ्यांक छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *