हरिपुरकी उपमेयर पुनः एमालेमै फर्किइन्
टुडेपाटी-
सर्लाही, माघ १० गते ।
नेकपा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले पुनः एमालेमै फर्किएकी छन् ।
पार्टी विभाजन हुँदा उनले नवगठित एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी थिइन् ।
तर, उनी फेरि एमालेमै फर्किएकी हुन्।
सर्लाही एमालेले पुनः उपमेयर काफ्लेलाई पार्टीमा स्वागत गरेको हो ।
माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुसी व्यक्त गरेको छ ।
Sponsored