चौतर्फी आलोचनापछि मधेस सरकारले सच्यायो राजपत्रको नक्सा
टुडेपाटी–
जनकपुरधाम, माघ ९ गते ।
मधेस सरकारले प्रकातिशत गरेको राजपत्रको नक्सा सच्याएको छ ।
प्रदेसको नाम र स्थायी राजधानी दुई तिहाइ भन्दा बढी बहुमतले पारित भएपछि प्रदेस राजपत्रमा प्रकाशित भएपछि चुच्चे सहितको नेपालको नक्सा नभएपछि चौतर्फी आलोचनाभएपछि प्रदेश सरकारले त्यसलाई सँच्याएका छन् ।
मधेश प्रदेश सरकारले नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ। यसअघि कानुन, न्याय तथा प्रदेससभा मामिला मन्त्रालयले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेका थिए ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवस पुरानो नक्सा छापिएकाले मन्त्रालयले पुनःराजपत्र छापेको जानकारी दिएका छन्।
Sponsored