मन्त्री यादवको अभिव्यक्ति हाम्रो ‘नोटिस’मा छ : गृहमन्त्री खाण
टुडेपाटी–
काठमाडौं, माघ ९ गते ।
केहि दिन अघि संघीय मन्त्री रेणु यादवले लिएको अभिव्यक्तिलाई सरकारले नोटिसमा राखेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।
बलिदानी दिवसको अवसरमा अयाोजित कार्यक्रममा रौतहट पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
मन्त्री यादवको चौतर्फि आलोचना भइरहँदा पनि प्रधानमन्त्री किन मौन रहेको प्रश्नमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा आफुहरु सबैले नोटिसमा राखेको बताए । उनले मन्त्रीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने बताए ।
ृगृहमन्त्री खाणले सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने भन्दै उनले भने, ‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो ।’
गृहमन्त्री खाणले भने, ‘विभागीय मन्त्रीसँग सम्बन्धित पार्टीले पनि छलफल गर्ला । त्यसपछि मात्र यस विषयमा सरकारले सोँच्ने हो ।’
Sponsored
यस अघि शनिबार जसपाले एक विज्ञप्ति जारी गर्दै मन्त्री यादवको बचाउ गरेका थिए ।