रेणु यादवको अभिव्यक्तिको जनमोर्चाले गर्यो विरोध
टुडेपाटी–
काठमाडौं, माघ ८ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
आज जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी मन्त्री यादवको अभिव्यक्तिको विरोध गरेका हुन् ।
केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सीके राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन।’
सरकारको जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु गलत रहेको विज्ञप्तिमा उल्लेख गर्दै यसको भर्त्सना गरिएको छ।
Sponsored