TodayPati

सप्तरीमा भ्याक्सिनको दुवै डोज लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

टुडेपाटी–
सप्तरी, माघ ८ गते ।

कोरोना कोरोना विरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार विष्णुपुर गाउँपालिका वडा नं. ७ का ६५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विरामी परेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Sponsored

विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले उपचारकै क्रममा पुरुषको शुक्रबार मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकले कोरोना विरुद्धको खोपको दुबै डोज खोप लगाएका थिए । यद्यपी उनी विभिन्न रोगबाट पीडित समेत रहेका थिए ।

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका९ १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *