TodayPati

मधेश प्रदेश सरकारको वेवसाइट अझै भएन अपडेट

टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।

मधेश प्रदेश सरकारले नाम पाएको एक हप्ता हुन लाग्दा समेत वेवसाइटलाई सँच्याइएको छैन् ।

प्रदेश सरकारका वेवसाइटहरुमा अझै प्रदेश नं. २ नै लेखिएको हो । मन्त्रालयहरूले आ आफ्नो आधिकारिक वेभसाइटमा कुनै संसोधन गरेका छैन् ।

Sponsored

वेवसाइटको निर्माण तथा सञ्चालनका लागि प्रत्येक वर्ष लाखौँ रकम खर्च गर्ने प्रदेश सरकारले नाम पाएको एक साता हुन लाग्दा समेत वेवसाइट तर्फ ध्यान दिएका छैनन् ।

प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितले अझै नाम सच्याएका छैनन् । कार्यालयको वेभसाइटमा अझै प्रदेश नं. २ को कायम छ ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमात्र नभई अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहिकारी मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालयलगायतले अझै नाम परिवर्तन नगरेका हुन् ।

Sponsored

सोमबार नै दुई तिहाईबाट प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम गरिएको छ ।

प्रदेशका आम नागरिकले नाम परिवर्तन भएपछि मधेश प्रदेश भन्न थालेपनि प्रदेश सरकारका मन्त्रालयहरु अझै बेखबर झैं छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *