TodayPati

आईपीएल २०२२ का लागि १२१४ खेलाडीको लिलामी हुने, नेपालका १५ खेलाडीको नाम दर्ता

टुडेपाटी–
जनकपुरधाम, माघ ८ गते ।

आईपीएल २०२२ का लागि हुने खेलाडीको लिलामीका लागि १ हजार २ सय १४ खेलाडीको नाम दर्ता भएको छ । त्यसमध्ये नेपालका १५ जना खेलाडी रहेको बिसिसिआइका सचिव जय साहले जनाएका छन् ।

बिसिसिआइले अक्सनमा लिलामीका लागि सहभागी हुने खेलाडीको दर्ताको काम जनुवरी २० बाट बन्द गरेको छ । कुल १ हजार २ सय १४ खेलाडीको नाम दर्ता भएकोमा ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी रहेका छन् ।

Sponsored

आईपीएल २०२२ मा मेगा नीलामी हुँदैछ् । १० वटा टिमले खेलाडीहरुका लागि बोली लगाउने छन् । खेलाडीको सूचीमा २७० क्याप, ९०३ अनक्याप र ४१ एसोसिएट खेलाडी समावेश छन् ।

आईपीएलका लागि नेपालका १५, अफगानिस्तानका २०, भुटानका १, अष्ट्रेलियाका ५९, बाँग्लादेशका ९, आइरल्याण्डका ३, श्रिलंकाका ३६, ओमानका ३, नमिवियाका ५ लगायत विभिन्न देशका खेलाडीहरुको नाम दर्ता भएको बिसिसिआइले जनाएको छ ।

आईपीएलमा यदी प्रत्येक फ्रेन्चाइजीले आफ्नो स्कवाडमा २५ खेलाडी राखेमा २ सय १७ खेलाडीको विक्री हुनेछ । त्यसमध्ये ७० जनासम्म विदेशी खेलाडी हुन सक्ने बिसिसिआइले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *