हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न काँग्रेस महामन्त्री शर्माको माग
टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिंसात्म अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पमुक्त गर्न माग गरेका छन् ।
महामन्त्री शर्माले मन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिको उपचारको तीनवटा विकल्प रहेको पनि बताएका छन् ।
उनले शनिबार बिहान समाजिक सञ्जालमा पोस्ट लेख्दै मन्त्री यादवले भूल स्वीकार गर्दै क्षमायाचना गर्नुपर्ने वा सम्बन्धित दलले पहलकदमी लिँदै राजीनामा गर्न लगाउने वा प्रधानमन्त्रीले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्नुपर्ने बताएका हुन् ।
जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी मन्त्री यादवले रौतहटमा गएको बुधबार बलिदानी दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।
मन्त्री यादवले फोरमको नेतृत्वमा गौर हत्याकाण्ड भएको स्वीकार गर्दै राउतलाई पनि सोही शैलीमा हत्या गर्न कार्यकर्तालाई अभिव्यक्ति दिएकी थिइन् । जसको कारण उनको चौतर्फी चर्को आलोचना भइरहेको छ । पदमुक्त गर्न सरकारमाथि दबाब बढेको छ ।
Sponsored