निर्वाचनको तयारीमा जुटन प्रधानमन्त्री देउवाको आग्रह
टुडेपाटी–
काठमाडौं, माघ ७ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुटन सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफु नेतृत्वको सरकारमाथि एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेकाले तयारीमा जुटन् सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताए ।
अहिले कोरोना महामारीको सामना गर्न खोप नै प्रभावकारी माध्यम रहेकाले ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
Sponsored