धनुषाको आँप बगैँचामा टाउको फोडर बीभत्स हत्या भएको युवतीको पहिचान खुल्यो
टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।
धनुषाको आँप बगैँचामा टाउको फोडेर बीभत्स हत्या भएको युवतीको पहिचान खुलेको छ ।
मृतक धनुषाको मिथिला नगरपालिका १ लक्ष्मीनिबास स्थित कामेश्वर महतोको २५ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेको प्रहरीले जनाएको छ ।
इन्द्रकलाको शव धनुषा धनुषाधाम नगरपालिका ६ मालटोल स्थित पूर्व पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिण तर्फ रहेको पदम थापाको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो ।
उनको टाउमा केही बस्तुले प्रहार हत्या भएको घटनास्थलको प्रकृतिले देखिन्छ । शव फेला परेपनि उनको सनाखत हुन सकेको थिएन ।
बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा रहेको छ । उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन् ।
Sponsored
ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी त्यहाँबाट ७ किलोमिटर पूर्वमा के कसरी बीभत्स हत्या भएको भन्ने खुलेको छैन । घटना विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले टुडेपाटीलाई बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।