लोक सेवा र त्रिविको परीक्षा स्थगित
टुडेपाटी–
काठमाडौं, माघ ६ गते ।
कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगको लिखित परीक्षा र त्रिविको परीक्षा स्थगित भएको छ ।
आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।
बिहिवार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
उपसचिवको परीक्षा माघ ११ गतेदेखि तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । भोलि र पर्सि हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिविले जनाएको छ ।
Sponsored