TodayPati

महोत्तरीमा एमालेको अधिवेशन फेरि स्थगित

टुडेपाटी–
महोत्तरी, माघ ६ गते ।

नेकपा एमालेको जिल्ला अधिवेशन महोत्तरीमा पुनः स्थगित भएको छ ।

बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकिएको छ । नेपाल सरकारले २५ जनाभन्दा बढीलाई भेला हुन नहुन, सभा, सम्मेलन नगर्न निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

Sponsored

यहाँका एक थरिका नेताहरुले अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने भनिरहेका छन् भने केही नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डलले एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गरे । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाएको जिकिर गरे ।

यता अर्का केन्द्रीय सदस्य सरोज यादवले सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णतः अवैधानिक र अव्यावहारिक भएको दाबी गरेका छन् ।

Sponsored

महोत्तरीमा एमालेको अधिवेशनको तयारी नपुगेको भन्दै पुस २४ र २५ गते गर्नुपर्ने अधिवेशन माघ ५ र ६ गतेका लागि निर्धारण गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *