सितलहरसंगै अत्यधिक जाडोले मधेश प्रदेशको जनजीवन कष्टकर
टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।
मधेशको राजधानी जनकपुरधामसहित तराई मधेशमा चारदिनदेखि सितलहरसंगै बढेको अत्यधिक चिसोले जनजीवा कष्टकर बनेको छ ।
चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित भएका छन् । चारदिनदेखि घाम लागेको छैन ।
अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न आगो बालेर तापिरहेका छन् ।
शहरी भोगमा जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयले आगो ताप्न चोकचोकमा दाउरा बालेका छन् । साँझ र बिहान बाक्लो कुहिरो र हुस्सु लाग्ने गरेको छ ।
Sponsored
चिसोका कारण अहिले घरैपिच्छेजसो रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण भएका बिरामी बढेका छन् ।
चिकित्सकहरुले यस्तोयाममा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन, ताता र झोलिला खानेकुरा बढी खान र चिसोजन्य संक्रमण देखिए स्वास्थ्य संस्था गएर उपचार गराउन सुझाव दिएका छन् ।