TodayPati

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

टुडेपाटी-
जनकपुरधाम, माघ ५ गते ।

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

Sponsored

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।  

त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ।

Sponsored

एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ। 

समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *