TodayPati

भोलिदेखि महोत्तरीका सबै बजार बन्द

टुडेपाटी-

महोत्तरी, चैत २४ गते ।

जिल्ला प्रशासन महोत्तरीले लकडाउनको समयमा सञ्चालन हुँदै आएको हाटबजार मंगलबारदेखि बन्द हुने निर्णय गरेको छ ।

Sponsored

प्रशासनले सूचना जारी गर्दै लकडाउनको समयमा हाटबजार लागेपछि भीडभाड व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार तरकारी बिक्री वितरण स्थानीय तह र वाणिज्य संघको समन्वयमा साइकल, ठेलागाडा तथा टेम्पोमार्फत गरिने जनाएको छ ।

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गर्दै उक्त निर्णयलाई वेवास्ता गरे कानूनी कारबाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *