TodayPati

मधेश सरकारद्वारा मधेश आन्दोलनका ५९ सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण

टुडेपाटी-
सप्तरी , माघ ५ गते ।

मधेश सरकारले मधेश आन्दोलनका सहिद परिवारलाई जनही तीन लाख रुपैयाँ वितरण गरेको छ ।

बुधबार बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा ५९ सहिद परिवारलाई जनही तीनलाख रुपैयाँ वितरण गरेको हो ।

Sponsored

May be an image of 9 people and people standing

यस्तै मधेश आन्दोलनका ८८ जना घाइतेलाई अवस्था हेरेर २५ हजार देखि ३ लाख रुपैयाँसम्मको चेक एवं सम्मान पत्रले सम्मानित गरिएको छ ।

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरुको सम्मानमा मधेस सरकार कुनै कमि नराख्ने प्रतिवद्धता गरे ।

May be an image of 2 people and people standing

सहिद परिवारमध्ये अधिकांशलाई मधेस सरकारले जागीर उपलब्ध गराई सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अबको दिनमा मधेस सरकार सहिद परिवार तथा अशक्त घाइतेहरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए ।

Sponsored

उनले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन् । मुख्यमन्त्री राउतले सहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए ।

मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सद्स्यहरुप्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले सहिदहरुको सपना पूरा गराउन आगामी दिनसमेत एकबद्ध रहने बिश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , पदेश सभा सदस्य मनिष सुमन सहितको बक्ताहरुके आ आफ्ना मन्तव्य राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *