TodayPati

मास्क बिना होटल प्रवेशमा निषेध, बिना मास्कको आउनेलाई पाँच रुपैयाँ जरिवाना लिई मास्क दिइने

टुडेपाटी–
काठमाडौं माघ ५ गते ।

कोरोना संक्रमण बढ्दै गएपछि होटल तथा रेष्टुरेन्टमा मास्क अनिवार्य गरिएको छ ।

अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिक स्थलहरुमा समेत प्रवेश निषेध गरिने भएको छ ।

Sponsored

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो।

आज सुरक्षा मापदण्डको निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ ।

मन्त्रालयले होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न भनेको छ ।

Sponsored

मास्क नलगाई कोही आएमा त्यस्ता व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउन समेत सम्बन्धित संस्था तथा होटललाई मन्त्रिपरिषद कार्यालयले भनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *