TodayPati

मुख्यमन्त्री राउतको घरमाथि ढुंगामुढा गरेको आरोपमा एक युवक पक्राउ

टुडेपाटी-
वीरगञ्ज, माघ ४ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमाथि ढुंडामुढा गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधामलाई मधेश प्रदेशको राजधानी बनाएको भन्दै वीरगञ्ज स्थित तेजारथ टोलामा रहेको मुख्यमन्त्रीको घरमाथि मंगलबार दिउँसो ढुङ्गामुढा भएको थियो ।

Sponsored

ढुंगामुढा गरेको आरोपमा वीरगञ्ज महानगरपालिका १ बस्ने वर्ष २६ का सुमन पटेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । उनी नेपाली काँग्रेसका कार्यकर्ता रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेलमाथि अपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको छ ।

सोमबार प्रदेशसभा बैठकमा भएको मतदानबाट दुई तिहाइ बढी मतले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो ।
वीरगञ्जलाई मुख्यमन्त्री राउतले राजधानी बनाउन भूमिका नखेलेको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

Sponsored

सोहि विरुद्धमा मंगलबार कांग्रेसको वीरगञ्ज समितिले निकालेको जुलुसमा सहभागि एक युवकले मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा गरेका थिए । ढुंगामुढाबाट झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *