TodayPati

जनकपुरधाम राजधानी पारित भएपछि वीरगञ्जमा प्रदर्शन

टुडेपाटी-
वीरगञ्ज, माघ ४ गते ।

मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएपछि वीरगन्ज निराश बनेको छ ।

वीरगञ्जलाई राजधानी नबनाएको विरोधमा त्यहाँ विरोधका कार्यक्रमहरु निरन्तर भइरहेको छ ।

Sponsored

सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेताहरुले मुख्यमन्त्री लालबाबु राउत विरुद्ध प्रदर्शन गरेका छन् ।

घण्टाघर चोकमा उनीहरुले प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला पनि जलाएका छन्।

मुख्यमन्त्री राउत वीरगन्जकै बासिन्दा रहेको र वीरगन्जबाटै प्रदेश सांसद निर्वाचित भएर मुख्यमन्त्री बने पनि राजधानी

Sponsored

वीरगन्ज बनाउन पहल नगरेको भन्दै युवाहरुले उनको पुत्ला दहन गरेका हुन्।

त्यसक्रममा उनीहरुले मुख्यमन्त्री र प्रदेश सांसदहरुविरुद्ध नाराबाजी पनि गरेका थिए। उनीहरुले मुख्यमन्त्री राउतको राजीनमा पनि माग गरेका छन् ।

प्रदर्शनको अगुवाइ गरेका लोसपाका जिल्ला उपाध्यक्ष सुजित गिरीले मुख्यमन्त्री राउत वीरगन्जकै भएर पनि वीगन्जसँग गद्धारी गरेको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *