TodayPati

भारतबाट फर्केका धनुषाका एक वडाध्यक्ष क्वारेन्टिन

टुडेपाटी-

जनकपुरधाम, चैत २४ गते ।

धनुषाका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन् ।छिमेकी मुलुक भारतबाट फर्केपछि कोरोना भाइरसको आशंकामा जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा भर्ना भएका हुन् ।

Sponsored

भारतको मधुवनीबाट आइतवार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएपछि गाउँले त्रसित बनेपछि उनी भर्ना भएका छन् । त्यसपछि त्यहाँका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार जनप्रतिनिधिहरुले उनलाई क्वारेन्टाइनमा राख्ने विषयमा सहमति जनाएनन् । तर गाउँलेले दबाब दिएपछि सोमबार विहान वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाएका थिए । त्यसपछि उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन् ।

वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ । त्यहाँ २० वेड भएको क्वारेन्टाइन निर्माण गाउँपालिकाले गरेको छ । क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु छन् । भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्थापन मिलाएको जनकनन्दनी गाउँपालिकाका फोकल पर्सन अयोधी दासले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *