प्रदेश २ को नाम मधेश प्रदेशका लागि मतदान सुरु
टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।
प्रदेश २ को स्थायी राजधानीको टुङ्गो लागेपछि नामका लागि मतदान सुरु भएको छ । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि मतदान सुरु भएको छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रस्ताव गरेको प्रस्ताव मधेश प्रदेशका लागि मतदान सुरु भएको छ ।
शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान सुरु भएको हो ।
मधेश प्रदेशको प्रस्तावमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद तथा पूर्व राज्यमन्त्री डिम्पल झाले गरेकी हुन् ।
प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ ।
मधेश प्रदेश सँगै नामाकरणका लागि जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो ।
Sponsored