समाचार संकलनमा गरेकोे अवरोध विरुद्ध पत्रकारहरु द्वारा प्रदेश २सभा अगाडि सञ्चार सामग्री राखेर विरोध
टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।
प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई अवरोध गरेपछि सञ्चार समाग्री राखेर विरोध गरिरहेका छन् ।
आज राजधानी र नामका लागि जारी मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि तिनीहरुले क्यामेरा डाउन गरेका छन् ।
झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि मतदान हुँदैछ् ।
कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाएको हो ।
सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् ।
Sponsored
पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाईमा पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् । तिनीहरु अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन् ।