TodayPati

प्रदेश २ को राजधानीका लागि पहिले मतदान हुने

टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को राजधानीका लागि पहिले मतदान हुने भएको छ । आज ११ बजे बोलाइएको प्रदेशसभा बैठक डेढ घण्टा भन्दा बढी समय ढिलो गरी सुरु भएको छ । अहिले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ ।

छलफल पश्चात मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभा कार्यसूची अनुसार पहिले राजधानी र त्यसपछि नामका लागि मतदान हुनेछ ।

Sponsored

आजको प्रदेशसभा र्बैठकमा प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सिंगासन सा कलवारले प्रदेशको राजधानी विरगंज (पोखरिया न.पा., सखुवा प्रसौनी गा.पा., पर्सागढी न.पा., जितपुर सिमरा निजगढ हुदै सिम्रौनगढ) तोक्ने प्रस्ताव पेश गर्नेछन् ।

त्यस्तै राजेश्वर प्रसाद शाले प्रदेशको राजधानी बिरगंज (विरगंज महानगरपालिका) तोक्ने प्रस्ताव पारित गराउन पेश गर्ने प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।

Sponsored

राजधानी पश्चात शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन शैलेन्द्र कुमार यादवले पेश गर्नेछन् ।

प्रमोद कुमार यादवले प्रदेशको नामकरण जानकी प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।

त्यस्तै शिवचन्द्र चौधरीले प्रदेशको नामकरण मिथिला भोजपुरा कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् भने राजेश्वर प्रसाद शाले प्रदेशको नामकरण मध्य मधेश प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *