महोत्तरीको औरही नगरपालिकामा पाँच दलद्वारा पुनः आन्दोलनको घोषणा
टुडेपाटी-
महोत्तरी, माघ २ गते ।
महोत्तरीको औरही नगरपालिका विरुद्ध नेपाली काँग्रेस बाहेक पाँच दलले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् ।
आफुहरुको मागप्रति स्थानीय सरकार गम्भीर भएको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा आइतबार पत्रकार सम्मेलन गर्दै पाँच दलले आन्दोलनको घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त आन्दोलनको घोषणा गरेको हो ।
केहि महिना अघि नगरप्रमुख सुनिल यादवलाई ५ राजनीतिक दलले विभिन्न मागसहित ज्ञापन बुझाएका थिए । तर, सम्बोधन नभएको भन्दै नगरपालिका कार्यालय अगाडी धर्ना तथा प्रदर्शन गरिएको थियो । केहि समय अगाडी सो आन्दोलन स्थगित गरिएको थियो । पुनः आइबारदेखि आन्दोलन थालेको लोसपाका नेता ज्ञानेन्द्र झा ज्ञानुले जानकारी दिए ।
शान्तिपूर्ण अहिंसात्मक आन्दोलन जारी रहने र सो बाट उत्पन्न हुने सम्पूर्ण परस्थितिको जिम्मेबार नगर प्रमुख लगायत सम्बन्धित पक्ष नै हुने चेतावनी समेत पाँच दलले दिएको विज्ञप्तीमा उल्लेख छ ।
Sponsored
१० कृषकहरुलाई अविलम्ब मलबाघ उपलब्ध गराउनुपर्ने, नगरपालिकामा करारकमा प्राविधि राखेको विषयमा जानकारी दिनुपर्ने, १५ वेड अस्पतालको टेण्डर, प्रधानमन्त्री युवा स्वरोजगार कोषको रकमको हर हिसाब, कोभिङ १९ रोकथामका लागि गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने न्यायिक समितिको बजेट व्यवस्थापन गरी सुचारु गर्नुपर्ने, नगरको स्वामित्वमा रहेको जिन्सी सामानहरु, जेसीबी र ट्रैक्टरको अहिलेसम्मको खर्च सार्वजनिक गर्नुपर्ने पालिकाबाट वितरण गरिएको हैण्ड पाइप र स्यालो ट्युव के आधारमा क(कसलाई वितरण गरिएको विवरण सार्वजनिक गर्नुपर्ने लगायको माग गरिएको छ ।