रेल्वेमा कर्मचारी भर्ना गरेकोमा प्रदेश मन्त्रीको विरोध
टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।
नेपाल रेल्वे कम्पनीले कर्मचारी भर्ना गरेकोमा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विरोध गरेका छन् ।
लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गर्नुपर्नेमा महाप्रबन्धकले जथाभावी गरेको उनको दाबी छ ।
नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नेकपा एकीकृत समाजवादी सम्वद्ध निरन्जन झालाई बनाएको थियो ।
झा नेतृत्वको रेल्वे कम्पनीले जयनकपुर–जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ५५ जना कर्मचारीलाई तालिम दिई रहेका छन् ।
आइतबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रदेश २ का संसदीय दलका नेता समेत रहेका मन्त्री यादव लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए ।
Sponsored