TodayPati

प्रदेश २ मा कोरोना रोक्न संघ–संस्थाहरु धमाधम दान गर्दै, सरकारको कोषमा ४८ लाख पुग्यो

टुडेपाटी-
जनकपुरधाम, चैत २४ गते ।

कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामकालागि प्रदेश २ सरकारले संचालन गरेको कोषमा ४८ लाख रुपैँया जम्मा भएको छ ।

कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामकालागि प्रदेश २ सरकारले संचालन गरेको कोषमा ४८ लाख रुपैँया जम्मा भएको छ ।

Sponsored

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा विभिन्न संघ–संस्थाहरुबाट सोमवार विहानसम्म ४८ लाख १ हजार रुपैँया जम्मा भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार कर्मचारी र सरकार बाहेकका व्यक्तिबाट कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार सिद्धार्थ बैँक जनकपुर शाखाले रु.१०लाख, जनकपुरस्थित होटेल वेलकमले रु.१ लाख १ हजार, नेपाल बैँक लिमिटेड जनकपुर शाखाले रु.५ लाख, कृषि विकास बैँकले रु.५ लाख, सिटिजन बैँकले रु.७ लाख, कुमारी बैँकले रु.५ लाख, सिभिल बैँकले रु. ५ लाख र माछापुछ्रे बैँकले रु. ५ लाख कोषमा जम्मा गरेको हो ।

Sponsored

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा दाताहरुलाई सहयोगकालागि अपील गरेको छ ।

कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ । कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामकालागि प्रदेश २ सरकारले संचालन गरेको कोषमा ४८ लाख रुपैँया जम्मा भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *