एमाले बाराको अध्यक्षमा विनोद साह सर्वसम्मत
टुडेपाटी–
बारा, पुस ३० गते ।
नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन् ।
१० औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । बिहीबार राति सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले बाराले जनाएको छ ।
बाराको अध्यक्षमा साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीलाई चयन गरिएको निवर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।
अध्यक्ष पदमा साहसँगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा देवनारायण चौधरीले दाबी गर्दै आएका थिए । राति अबेरसम्म चलेको बन्दसत्रमा सर्वसम्मत रुपमै पदाधिकारी र सदस्यहरु टुंग्याइएको उनले बताए ।
Sponsored