भारतमा २४ घण्टामै २ लाख ६४ हजार कोरोना संक्रमित थपिए
एजेन्सी-
जनकपुरधाम, पुस ३० गते ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
उक्त अवधिमा २ लाख ६४ हजार २ सय नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयदले जनाएको छ ।
भारतमा अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा ६.७ प्रतिशतले बढेको हो।
भारतमा पछिल्लो २४ घण्टामा ३१५ संक्रमितको मृत्यु भएको छ। त्यस्तै कोरोनाको संक्रमणदर पनि १४.७८ प्रतिशत पुगेको छ।
भारतमा अहिलेसम्म ५ हजार ७५३ ओमिक्रोन भेरियन्टसहितका संक्रमित भेटिएका छन्।
Sponsored
ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा निकै तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको हो।