भारतमा भयानक रेल दुर्घटना, ५ जनाको मृत्यु, ४० बढी घाइते
टुडेपाटी-
जनकपुरधाम, पुस २९ गते ।
भारतीय राज्य बंगालको जलपाइगुडीमा रेल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।
बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहाटी एक्सप्रेस जलपाइगुडीको डोमोहानीनजिक मोनोगुरीमा पटरीबाट खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको जलपाइगुडी डीएमले पुष्टि गरेका छन्। धेरै यात्रु कोचमा फसेको आशंका गरिएको छ, उद्धार जारी छ। अँध्यारोका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।
दुर्घटनालगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग फोनमा कुरा गरेका छन् ।
बिकानेर एक्सप्रेस मंगलबार राति राजस्थानको बिकानेरबाट छुटेको थियो। रेल बिहीबार बिहान ५:४४ मा पटना रेलवे स्टेसनबाट गुवाहाटीका लागि प्रस्थान गरेको थियो ।
Sponsored