कोरोना तेस्रो लहरको लागि तयारी अवस्थामा रहन प्रदेश सरकारको निर्देशन
टुडेपाटी–
जनकपुरधाम, पुस २९ गते ।
मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।
कोभिड १९को ओमिक्रोन भेरियन्ट संग लडन प्रदेश स्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा अगामी दिनमा गर्नु पर्ने तैयारी बारे छलफल गर्न मुख्यमन्त्री निवास मधेश भवनमा आज सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढदैको गएको ओमिक्रोन भेरिएन्ट बाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्ट संग लडन तैयारी अवस्था रहनु बाहेकको विकल्प आफुहरु संग नरहेको बताए ।
बैठकका सहभागीहरुले प्रदेश भरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ संग लडन आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नु पर्ने सामग्रीहरु बारे ब्रिफिङ्ग गरेका थिए ।
Sponsored
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य संग सम्बन्धित निकायहरुका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।