रौतहटमा एमालेको अधिवेशन माघ १ गते हुने
टुडेपाटी–
रौतहट, पुस २९ गते ।
रौतहटमा नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन माघ १ गते हुने भएको छ ।
जिल्लाको कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ ।
जिल्ला अध्यक्ष तुल्सीराज गिरीले माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेको नयाँ नेतृत्व चयन गर्ने बताए । यसका लागि अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको उनले भने ।