अमेरिकामा बाघमा कोराना भाइरस ‘पोजेटिभ’
टुडेपाटी-
काठमाडौं, चैत २४ गते ।
कोरोना भाइरस (कोभिड-१९) ले सबभन्दा बढी संक्रमण रहेको अमेरिकामा यसको संक्रमण एक चिडियाखानाको बाघमा पनि देखिएको छ ।
कोरोनाको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ रहेका पाइएको हो ।
चिडियाखानाका अनुसार आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको जनाइएको छ ।
चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा कोरोना भाइरस सरेको अनुमान गरिएको समेत गरिएको छ ।
‘हामीले अति सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिरहेका छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ,’ जसले कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं ।’ एजेन्सी
Sponsored