TodayPati

विश्वबैँकले भन्यो, नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने

टुडेपाटी–
काठमाडौं, पुस २८ गते ।

विश्व बैँकले यस वर्ष नेपालको ३.९ प्रतिशतको आर्थिक वृद्धिदर मात्र हुने अनुमान गरेको छ । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।

विश्व बैँकले सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै नेपालको वृद्धिदर ३.९ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरेको छ । यद्यपी नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ ।

Sponsored

कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने विश्व बैंकको अनुमान छ ।

सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ ।

समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ । विश्व अर्थतन्त्रमा वृद्धिदर ४.१ प्रतिशतको रहने अनुमान छ ।

Sponsored

कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?

माल्दिभ्स : ११ प्रतिशत
भारत : ८.३ प्रतिशत
बंगलादेश : ६.४ प्रतिशत
भुटान : ५.१ प्रतिशत
नेपाल : ३.९ प्रतिशत
पाकिस्तान : ३.४ प्रतिशत
श्रीलंका : २.१ प्रतिशत

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *