TodayPati

कोरोनाबाट मृत्युको संख्या ७० हजार नजिक, २०८ देशमा संक्रमण फैलियो, कुन देशमा कति ?

टुडेपाटी-
काठमाडौं, चैत २४ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४७ सय २८ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सोमबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो ।

Sponsored

आइतबार कोरोनाका ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ४८ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमित २ लाख ६१ हजार ४ सय ८५ जना उपचारपछि निको भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जानकारी दिइएको छ। अहिलेसम्म विश्वका २०८ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

आइतबार अमेरिकामा कोरोना संक्रमणबाट ११ सय ६४ जनाको मृत्यु भएको छ । २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

Sponsored

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय ६१ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ९ हजार ६ सय १५ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकापछि आइतबार स्पेनमा धेरैको मृत्यु भएको छ । स्पेनमा आइतबार एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म संक्रमणबाट १२ हजार ६ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

यूकेमा आइतबार एकैदिन कोरोना संक्रमणबाट ६ सय २१ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ४७ हजार ८ सय नाघेको छ भने मृतकको संख्या ४९ सय ३४ पुगेको छ ।

इटालीमा आइतबार ५ सय २५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। संक्रमितको संख्या १ लाख २९ हजार पुग्न लागेको छ ।

त्यसैगरी आइतबार फ्रान्समा ५ सय १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ८ हजार नाघेको छ ।

त्यसैगरी आइतबार कोरोना संक्रमणबाट जर्मनीमा १४०, इरानमा १५१, बेल्जियममा १६४, नेदरल्यान्डमा ११५, टर्कीमा ७३, स्वीटजरल्यान्डमा ४९, क्यानाडामा ४९ जनाको मृत्यु भएको छ ।

नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । आइतबार एकै दिन भारतमा १८ जनाको मृत्यु भएको छ । त्यसैगरी अर्को छिमेकी देश चीनमा आइतबार यसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *