माधव नेपाललाई कोरोना संक्रमण
टुडेपाटी-
काठमाडौं, पुस २७ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेपालको मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको हो ।
उनका सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेका छन् ।
सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।
Sponsored