माओवादी केन्द्र प्रदेश २ का सहइन्चार्जलाई कोरोना
टुडेपाटी–
जनकपुरधाम, पुस २७ गते ।
नेकपा माओवादी केन्द्रका प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ ।
केन्द्रीय सदस्य समेत रहेका साहलाई कोरोनाको लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
उनी माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुनका काठमाडौँ गएका थिए ।
उनी हिजै काठमाडौँबाट घर फर्किदा बाटैमा कोरोनाको लक्षण देखिएको थियो । राती अलिकति असहज भएपछि मंगलबार बिहान टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको नेता साहले बताए ।
उनको स्वास्थ्य अवस्था समान्य छ ।
Sponsored