TodayPati

माघ १५ गतेसम्म विद्यालय बन्द निर्णय गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्दै

टुडेपाटी-
काठमाडौं, पुस २६ गते ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन गरेको सिफारिस विषयमा आज सरकारले निर्णय गर्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

Sponsored

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनि स्वास्थ्य मन्त्रालयलयको सिफरिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताउँछिन् । ‘अहिले धेरै विद्यालयमा हिउँदे बिदा रहेकाले यसलाई लम्ब्याउन सिफारिस गरिएको उनले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *