त्रिपालमुनी छोपिएको रेलको सफल परिक्षण
टुडेपाटी–
जनकपुरधाम, पुस २४ गते ।
धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेलको सफल परिक्षण गरिएको छ ।
खरिद गरेर ल्याएपश्चात त्रिपालमुनी राखिएको रेलको पूनः परिक्षण गरिएको छ । २०७७ साल असोज २ गते नेपाल भित्राइएको दुई सेट रेल धनुषाको इनर्वामा त्रिपालमुनी राखिएको थियो ।
रेल्वे ट्रैक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परिक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन् ।
रेल्वे चलाएर आएका चालक बिएन राईले रेल्वेको अवस्था राम्रो रहेको बताए । उनले रेल्वेमा कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘रेल्वेमा कुनै समस्या छैन् तर सर्वसाधारणबाट धेरै समस्या छ, ट्रयाकमा आइहाल्छन् ।’
नेपाली रेलको ट्रैक निर्माण भएपनि रेल नगुडेपछि रेल गुड्ने नगुड्ने संशयका बिच तयारी स्वरुप परिक्षण गरिएको बताइएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको जानकारी दिए ।
Sponsored
फेब्रुअरी १० तारिख भित्रै रेल गुडाउने आफुहरुको तयारी रहेको भन्दै उनले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रैकको अवस्था आदि परिक्षणका लागि आज रेल गुडाइएको हो ।
सञ्चालन मिति भने राजनीतिक स्तरबाटै निक्र्यौल लाग्छ ।’ उनले दुई देशकै प्रधानमन्त्रीले रेलको उदघाटन गर्ने भएकोले समय लागि रहेको समेत बताए ।