TodayPati

कांग्रेसको १६ जिल्लाको अधिवेशन मिति सारियो

टुडेपाटी–
काठमाडौं, पुस २१ गते ।

नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन पुनः सरेको छ ।

पुस २७ गते भनिएको अधिवेशन माघ १५ गते हुने कांग्रेस केन्द्रीय निर्विाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

Sponsored

कांग्रेसले जिल्ला अधिवेशन हुन नसकेको जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारेका थिए ।

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन सारिएको रिजालले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

Sponsored

महोत्तरीमा क्षेत्र नं. ३ को अधिवेशन सम्पन्न नगर्दै जिल्ला अधिवेशन हुन लागेको भन्दै आज देखि नै महोत्तरीमा भोक हडताल सुरु गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *