कांग्रेस विवाद : महोत्तरीमा भोक हडताल सुरु
टुडेपाटी–
महोत्तरी, पुस २२ गते ।
नेपाली काँग्रेसले पुस २७ गते निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै महोत्तरीमा भोक हडताल सुरु भएको छ ।
महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नभएको अवस्थामा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो ।
मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको महोत्तरी काँग्रेसले जनाएको छ । जिल्लाका कार्यवाहक सभापति शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख गरेका छन् ।
यता पूर्व जिल्ला सचिव बजरंग नेपालीले निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाई विधि र विधान विपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दुःखद भएको भन्दै उनले यहाँको समस्या समाधान नहुञ्जेलसम्मा भोक हडतालमा बस्ने बताए ।
विवादित ठाउँहरूको समस्या नटुङ्गाएसम्म अधिवेशन गरे भोक हडताल जारी राख्ने उनले स्पष्ट पारे ।
Sponsored