कांग्रेस सिरहा सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बित
टुडेपाटी-
जनकपुरधाम, पुस २१ गते ।
नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।
एसपी पाण्डेले सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गमा पुगेर धम्की दिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले बताए ।
पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए ।
यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएका थिए । लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो ।
Sponsored