प्रदेश २ मा राष्ट्रियसभा सदस्यको २ पदकालागि ४ दलबाट उम्मेदवारी दर्ता
टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।
प्रदेश २ मा दुईवटा राष्ट्रियसभा सदस्य पदका लागि ४ दलको उम्मेदवारी परेको छ । मंगलबार दुई पदका लागि ४ दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सबै उम्मेदवारले उमेदवारी दर्ता गराएका हुन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उमेदवारी दर्ता गराएका छन् ।
Sponsored
एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।