TodayPati

जाडो बढेपछि धनुषाको तीन स्थानीय तहमा विद्यालय बन्द

टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।

केही दिनदेखि जाडो बढेपछि धनुषाको तीन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र लक्ष्मिनीयाँ गाउँपालिकाले आ–आफ्नो स्थानीय तहमा रहेको विद्यालयमा विदा दिने निर्णय गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार घिमिरेले एक सूचना जारी गर्दै पालिकामा सञ्चालन रहेको सम्पूर्ण विद्यालयलाई मंगलबार देखि शनिवारसम्मका लागि विद्यालयमाहरुमा विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

Sponsored

त्यस्तै नगराइन नगरपालिकामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । नगराईन नगरपालिकाले अत्यधिक बढेको जाडोका कारण पठनपाठनमा पर्न गएको अप्ठेरोलाई दृष्टिगत गर्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाले जाडो बढेको भन्दै अनिश्चितकालका लागि विद्यालयहरु बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत हरीशंकर यादवले एक सूचना जारी गर्दै मंगलबार देखि अर्को सूचना जारी नहुनजेल सम्मका लागि विद्यालयहरुमा पठन पाठन बन्द गरेको जनाएका छन् ।

केही दिन देखि मौसम परिवर्तन भएपछि चिसोको कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *