राष्ट्रिय सभा निर्वाचनमा जसपाको तर्फबाट प्रदेश २ मा सिद्दीकीको उम्मेदवारी
टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा आफ्नो तर्फको उम्मेदवारीको टुङ्गो लगाएको छ ।
जसपा नेपालले राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेश २ को खुला समूह बाट सिरहाका मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता समेत रहेका प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रले भने अझैसम्म टुङ्ग्याउन सकेको छैन ।